‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो ।

मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो ।

देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भएको चर्चा गर्नुभयो । अभिभावकहरु सचेत भएमा युवाहरु कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताउनुभयो ।

‘देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,’ उहाँले थप्नुभयो, ‘बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरुसित समेत भेटघाट गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।