बिपदको घटनामा रौतहटमा ३८ को मृत्यु, एक बेपत्ता, करोडौंको क्षति

सञ्जय मिश्रा /रौतहट ,२७ साउन। रौतहट स्थित बिपदको घटनामा परेर १ बर्षमा ३८ जना मानिसको मृत्यु,१ बेपत्ता,५० बढी घाईते हुनुका साथै करोडौंको क्षती भएको छ।

 

गत आर्थिक वर्ष २०८०/०८१ मा बिपद जन्य घटनामा परेर ३८ जनाको ज्यान जानुका साथै करोडौंको क्षती भएको हो।

 

एक बर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

 

त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाईते भएका थिए। आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाईते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ।

त्यसैगरी अबिरल बर्षा संगै १४ वटा बिभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षती भएको थियो। गत आर्थिक बर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाईते भएका थिए।

 

सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाईते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाईते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक बर्षमा कुल ३२५ वटा भएको बिपद जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षती,२ हजार ७२ परिवार प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थीक बर्षमा  जिल्ला बिपद व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप बितरण गरिएको सिडियो हिरालाल रेग्मीले जानकारी दिएका छन।
अबिरल वर्षासँगै आउने बाढीको समय सचेत रहन तथा बालबालिका लाई निगरानी गर्न प्रहरीले सूचना मार्फत पटकपटक आग्रह गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।