विराट नर्सिङ होममा रकम तिर्न नसक्दा डिस्चार्ज हुन नसकेको शिशुको मेयर कोइरालाको पहलमा डिस्चार्ज

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ ।

शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो ।

कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम नबुझाइकनै शिशुको डिस्चार्ज दिन नर्सिङहोम तयार भएको थियो ।

कोशी अस्पतालमा शिशुको जन्म भएको थियो । शिशुको अवस्था गम्भीर भएपछि विराट नर्सिङहोममा एनआइसीयुमा राखेर उपचार गरिएको थियोे ।

अस्पताल ल्याउँदा शिशुको अवस्था अत्यन्तै नाजुक रहेको नर्सिङ होमका जनसम्पर्क अधिकारी केदार पोखरेलले जानकारी दिनुभयो । उहाँले शिशुलाई एनआईसीयूमा राखेर निकै प्रयासपछि बचाउन सकेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।