उदयपुरमा बाढीले बगाउँदा बृद्धको मृत्यु
उदयपुर, साउन २८ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ स्थितमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना बृद्धको मृत्यु भएको छ ।
हिजो राती ८ बजे स्थानिय ७० बर्षीय निर बहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

