झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु
झापा, साउन २८ गते । झापाको भद्रपुर नगरपालिका-१ स्थित रहेको देवि खोलामा खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
हिजो साँझ ५ बजे स्थानिय महेश रसाईलीको ९ बर्षीय छोरा सौरभ रसाईली खोलामा खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानियले देखि खोलाबाट बाहिर निकाली उपचारकोलागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।


