झोलुंगे पुल निर्माणमा सहजीकरण गरिदिन भारतीय बिदेश सचिवसँग अनुरोध

काठमाडौं, २८ असार । नेपाल भ्रमणका रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।

 

दुई दिने नेपाल भ्रमणमा रहनुभएका सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार विहान शहरी विकास मन्त्रालयमा भेट गरेका थिए । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए।

 

भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका  विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

 

त्यस्तै, उहाँले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए ।

 

भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए। ‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं । सिमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

भारतको इन्दोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो । भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।