सुनसरीमा लागुऔषध दुर्व्यासनी निगरानी कक्षको स्थापना

सुनसरी, श्रावण २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यासनी निगरानी कक्षको स्थापना भएको छ ।

हिजो दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्‍घाटन भएको हो ।

समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालिन असर पुग्ने भएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको वताउनु भयो ।

उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्‍घाटन कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मी लगायत स्थानियबासीहरु समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।