मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना नियन्त्रणमा

विराटनगर, साउन ३१ गते । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थितमा देख्नासाथ को २ ह १६१५ नम्वरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी ट्रमाडोल ११०० चक्की र डिकोलिक ६६०० चक्की त्याही फालेर चालक अटो सहित फरार भएकोमा खोजतलाश गर्दै जाने क्रममा अटो चालक पथरीशनिश्चरे –४ का ३२ बर्षीय सिमन परियारलाई राती साढे १० बजे आफ्नै घरमा अटोलाई त्रिपालले छेपेर लुकाई राखेको अवस्थामा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी डाँगीहाट मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हिजो राती साढे ९ बजे बेलबारी नगरपालीका -१० भाउन्नेका २० बर्षीय अर्पण गौतमलाई प्रतिबन्धित औषधी ट्रामाडोल ३९० क्यापसुल र नाईट्राभ्याट १८ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने जहदा गाउँपालिका-१ का २६ बर्षीय अमित मण्डललाई हिजो प्र १-०४-००१ प ९८०२ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ६ किलो सहित इलाका प्रहरी कार्यालय बुधनगरले नियन्त्रणमा लिएको हो ।

यसैगरी लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१६ सिर्जनसिल टोलबाट स्थानीय २८ बर्षीय महेन्द्र बन्जरालाई निजकै घरबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १८० मिलिग्राम सहित हिजो नियन्त्रणमा लिईएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्दान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।