याक्थुङ मुन्चइत् चाेक सयङ प्रदेश अध्यक्षमा नेम्बाङ

ललितपुर । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

यसैगरि समितिको उपाध्यक्षमा राम तिलिङ र पुष्पाञ्जली तिलिङ, सचिवमा सम्भु फोम्बो, सह–सचिवमा बिमला इवारम, कोषाध्यक्षमा नितुरानी नेम्बाङ र सह–कोषाध्यक्षमा पबि तेम्बे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः दिलिप लुम्फुङ्वा, कबिराज आङ्देम्बे, निरन्ता नेम्बाङ, पुष्पादिवानी तिगेला, दिलकुमार चोङ्बाङ, बिपना हाङगाम, सुस्निता लिम्बू, आशा हाम्सोहाङ, पुर्ण लिम्बू सांवा, बिमला खजुम, उदय बेघा, नैना वनेम, रेखा लावती, एन्जिला नेम्बाङ, देबेन्द्र तुम्रोक, मिरा फियाक, माया आङ्देम्बे र इन्दिरा योङ्हाङ रहेका छन् ।

यस्तैगरी महाधिवेशनले विनोद सेरेङ, दिलिप फुरुम्बो, मनु नेम्बाङ र इन्दु तुम्सा सम्बाहाङ्फेलाई सल्लाहकारमा मनोनयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथी मुन्धुमविद येहाङ् लाओतीले नवनिर्वाचित समितिलाई शुभकामना दिदै लिम्बु याक्थुङ् चलचित्र निर्माणका साथै आगामी दिनमा यसको विविध विषयमा कार्यशाला लगायतका कार्यक्रम गरी चलचित्रलाई उत्कृष्ट बनाउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, पुर्व जरल उपरथी होम लावती, गोविन्द आङ्बुङ, प्रोफेसर अर्जुन नुगो, राई चलचित्र कर्मी संघका महासचिव किरन राई, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, मुन्चइतका संघीय अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।