भोटे कोशीको बहाव बढेर थामे गाउंमा क्षति
सोलुखुम्बु,साउन ३२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाऊपालिका ५ थामे स्थित रहेको भोटे कोशीको बहाव अचानक बढेको छ ।
आज दिउसो २ बजे भोटेकोशीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाएको छ भने १ वटा होस्टेल र ४/५ वटा घर जोखिममा रहेको छ भने तत्काल मानविय क्षति नभएको बुझिन आएको छ ।
घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।

