सोलुखुम्बुको स्थानीय भोटे कोशीबाट हाल सम्म भएको क्षतिको विवरण यस्तो छ…

सोलुखुम्बु,साउन ३२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको स्थानीय भोटे कोशीमा आएको बाढीले हाल सम्म गरेको क्षेतीको विवरण प्राप्त भएको छ ।

बाढीले हाल सम्म थामे गाउँका ७ वटा घर, ५ वटा होटल, १ वटा विद्यालय र १ वटा क्लिनिकमा पुर्ण रुपमा क्षेती पुर्याएको छ भने ७ वटा घर जोखिममा रहेका छन् । अहिले पानीको बहाव घट्दै गएकोले तटिय क्षेत्रमा कटान भएकोले पहिरोको जोखिम हुन सक्ने सम्भावना रहेको छ ।

तल्लो तटिय क्षेत्रमा कटानको कारण सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका ६ बोदेबहर बलेखा स्थित बस्ने ५ घरका स्थानीयलाई नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ सारिएको छ ।

बाढीले सोलुखुम्बु सोताङ गाउँपालिका १ दिप्ली घाटमा पुरानो बेलि बृजको सामान निकालि स्टोर गरी राखेको सामानहरु बगाएर लगेको छ भने माप्य दुधकोशी गाउँपालिका १ अधेरी स्थित खुम्बु क्षेत्र जोड्ने दुधकोशी खोलाको पक्की पुलको एकतर्फि भासिएको छ भने माथिल्लो भेगको खुम्बु पासाङल्हामु गाउँपालिका ३ जोर सल्लेमा फाक्दिन देखि नाम्चे जाने पैदल गोरेटो बाटो दुई ठाउमा अ.१००/१०० मिटर कटान गरी लगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।