उदयपुरमा मिनिबस दुर्घटना हुँदा एक महिलाको मृत्यु

उदयपुर । उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो दुर्घटना हुँदा अरु १७ जना घाइते भएका छन्।

दुर्घटनामा काठमाडौँ महानगरपालिका ५ की ५० वर्षीया गिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका गाडीमा सवार १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।गाडी दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖