मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

आज बिहान २: ४० बजे खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल दुर्घटना हुँदा लमजुङ राईनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल रत्ननगर नगरपालिका–१५ खोलेसिमल बस्ने वर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनी इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी वरिष्ठ हवल्दार पदमा कार्यरत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भिर घाईते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान ३: १९ बजे मृत्यु भएको थियो । प्रहरीले मोटरसाइकल दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।