निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । 

सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

‘समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्यो । मुलुकको आर्थिक विकास र सुशासनकाे क्षेत्रमा विधिकाे शासनलाई अगाडि बढाउन समस्या देखियो । राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो । त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो,’ उनले भने । 

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको उनले बताए । 

उनले राजनीति स्थिरता र आर्थिक समृद्धिमा अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश लिएर यो सरकार गठन भएको बताए । ‘सामान्यतया संसदमा रहेको ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वभाविक देखिँदैन । कतिपय अवस्थामा स्वभाविक मानिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘तर, मुलुकमा महत्त्वपूर्ण एजेन्डा अगाडि आउछन्। त्यसकाे कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बाेधन गर्नुपर्ने हुन्छ । त्यस्ताे बेलामा याे देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएकाे हाम्रो विगतकाे अनुभव छ ।’ 

संविधान संशोधनकाे विषयलाई एजेन्डा बनाएकाे भन्दै संविधानकाे संशोधन संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।  

सरकार बनेकाे एक महिनामा १८ वर्षसम्म रुमलिएकाे संक्रमणकालीन न्याय सम्बन्धि कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेकाे भन्दै चाँडै संक्रमणकालीन न्यायकाे विषय लाई सम्बाेधन गरिने गृहमन्त्री लेखकले बताए । 

सुदूरपश्चिमलाई भारत र चीनसँग जाेड्न ३-४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने  गृहमन्त्री लेखकले बताए । 

महाकाली करिडोर, सेती लाेकमार्ग  लगायतका महत्त्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्र भारतसँग चीनसँग पनि जाेड्ने उनको भनाइ थियाे । ‘यसका लागि ३-४ महिनामा तिंकर नाकामा अध्यागमनकाे कार्यालय स्थापना गरि तेस्राे मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटाे अगाडि बढाउने याेजना अगाडि सारेकाे छु । सुदूरपश्चिमबाट भारत र चीनलाई जाेड्ने काम गर्ने छाैँ । यसले सुदूरपश्चिमकाे विकासमा टेवा पुग्ने छ,’ उनले भने ।  

कार्यक्रममा सुदूरपश्चिमकाे भूमिसँग जाेडिएका प्रतिभालाई सम्मान गरेकाे थियाे । सुदूरपश्चिमको भाषामा अमुल्य योगदान दिने आरडि प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा पुर्‍याएको योगदानको लागि विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक भलिबल क्षेत्रमा पुर्‍याएको योगदानका लागि जगदीश भट्ट, नेपाली शास्त्रीय  गीत संगीतका क्षेत्रमा पुर्‍याएको योगदानका  लागी गायक तिलकसिंह पेला, सुदुरपश्चिमको भाषामा अमुल्य योगदान दिने डम्बर शर्मा बडु, नेपालको प्रशासन क्षेत्रमा योगदान पुर्‍याएका डा. हरिदत्त पाण्डेय  र साहित्य क्षेत्रमा पुर्‍यएको योगदानका लागि साहित्यकार हेमबाबु लेखकलाई सम्मान गरिएको थियाे ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।