यी हुन् उदयपुरबाट सालकको खपेटा सहित पक्राउ परेकाहरु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ १ गते मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो ।

नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका-३ रामपुर ठोक्सिला स्थित रहेको गिदेरी खोला बगरमा सोही स्थान बस्ने ४८ बर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका-६ का ५६ बर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरीका ५५ बर्षीय उमेश प्रसाद चौधरीले बा. ८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाईकलमा ३ केजि ७१२ ग्राम सालकको खपेटा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।