कोरियामा अस्ताइन् इलामकी सोनु

इलाम– इलामको माई नगरपालिका १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ ।

छ महिनाअघि पढाइका लागि त्यहाँ पुगेकी श्रेष्ठको भदौ २ मा मृत्यु भएको खबर आएपनि कारण भने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

गत फेब्रअरीमा उनी विद्यार्थी भिसामै कोरिया गएर उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

दक्षिण कोरियास्थित नेपाली समाज (सोनसिक)ले सोनुको शव पोस्टमार्टम भइसकेको र नेपाल ल्याउन पहलका लागि आग्रह गरेको छ । त्यहाँ शव राख्ने ठाउँसमेत नभएकाले नेपाल ल्याउन सोनसिकले परिवारजनलाई आग्रह पनि गरेको छ ।

सोनुका बुबा लीला श्रेष्ठको पनि अढाई महिनाअघि मलेसियामा मृत्यु भएको थियो । वैदेशिक रोजगारीकै लागि त्यहाँ पुगेका लीलाको जेठमा मृत्यु भएको थियो ।

सोनुको परिवारमा आमा, भाइ र बहिनी छन् । -पालिकापेज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।