झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

झापा : झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। आज साँझ पौने ७ बजे यो घटना भएको हो ।

प्रहरीका अनुसार श्रीमती २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताएका छन् ।

शिवसताक्षी ८ स्थित निपत्रियाको यो घटना श्रीमान श्रीमतीको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन्। घटनास्थलमा यतिबेला प्रहरी पुगेको छ। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।

प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।