झापामा यसरी गाई काटेर गाडेको अवस्थामा भेटिएपछि…

झापा, भदौ ५ । झापाको हल्दिबारी ३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ ।

गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष भेटिएको हो । गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको छ ।

गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले जानकारी दिए ।

प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।