विराटनगर महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ ।

विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । मेयर कोइराला, उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ८ का राम पोखरेल, ११ का तीर्थेन्द्र नेउपानेलगायतको उपस्थितिमा भएको कार्यक्रममा फाउण्डेसनले अपाङ्गताको क्षेत्रमा गरेको कार्यप्रगतिका विषयमा स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत मीना अधिकारीले प्रकाश पार्नुभएको थियो । महानगर क्षेत्रभित्र २ हजार ७३८ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ ।

फाउण्डेसनले आर्थिक वर्ष २०७७÷७८ देखि विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको थियो । फाउण्डेसनको कार्यअवधि सकिएर विराटनगरबाट विदाइसमेत भएको छ । महानगरले फाउण्डेसनका अन्य कर्मचारीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले करुणा फाउण्डेसनले विराटनगरमा अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले फाउण्डेसनलाई जति नै धन्यवाद दिए पनि कमी हुने बताउनुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाले थुप्रै संघसंस्थासँगको सहकार्यमा कार्य गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गताका क्षेत्रमा करुणा फाउण्डेसनले विराटनगरमा कहिल्यै बिर्सनै नसक्ने गरी काम गरेको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगरमा करुणा फाउण्डेसनले देखिने र सधैं स्मरण गर्ने गरी काम गरेको चर्चा गर्नुभयो । महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाएको जानकारी दिनुभयो ।

फाउण्डेसनका निर्देशक दीपक सापकोटाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समय अवधि सकिएकाले विराटनगरबाट विदा हुँदा धेरै नै दुःख लागेको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा अन्य कार्यक्रममार्फत विराटनगर महानगरसित जोडिने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले जग्गा उपलब्ध गराए अर्टिजम भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने स्पष्ट पार्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।