झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

विराटनगर, भदौ २७ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८ सय चक्की निषेधित औषधी सहित पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट धरान-१७ का ३९ बर्षीय राजकुमार श्रेष्टलाई निषेधित औषधी AVIL, DIAZEPAM, LUPIZSIC, PHENARAGAN समेत गरी १२ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

यसका साथै झापाको शिवसताक्षी नगरपालिका- २ का ३३ बर्षीय अर्जुन कुमार राई ४ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले र मोरङको सुन्दरहरैचा-५ का २१ बर्षीय श्याम कार्कीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।