मन्दिरबाटै गाँजा बिक्रि गर्ने साधु पक्राउ

सञ्जय मिश्रा, रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सुचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । 

लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको लागि  ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि  लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।