झापा भद्रपुरकी एक किशोरी छ दिन देखि बेपत्ता

झापा । झापाको भद्रपुरकी एक किशोरी छ दिन देखि बेपत्ता भएकी छिन् ।

घरबाट विद्यालय जाान्छु भनेर हिडेकी भद्रपुर– ६ भतियाबारी घरभएकी १८ वर्षीया रेखाकुमारी राजवंशी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कुलमा कक्षा १२ मा अध्यनरत किशोरी विद्यालय जान्छु भनेर हिडेपनि हालसम्म घर नर्फिकएको उनका बुबा लवनसिंह राजवंशीले जानकारी दिए ।

किशोरी बेपत्ता भए लगत्तै जिल्ला प्रहरी कार्यालय झापामा खोजतलासका लागि निवेदन दिए पनि हाल सम्म पत्ता लाग्न नसकेको जनाइएको छ । उचाई अन्दाजी पाँच फिट भएकी किशोरीले हराएको समयमा सेतो कुर्ता र कालो रंगको सुरुवाल लगाएको जनाइएको छ ।

नेपाली र राजवंशी भाषा बोल्न जान्ने उनी आफ्न्तकोमा समेत सम्पर्कमा नआएको बताइएको छ । उनको खोजी गरिदिन परिवारले सबैसंग अनुरोध गर्दै कसैले देखेमा परिवारकाे सम्पर्क नम्बर : ९८१४९५२२४२, ९८१७९२३३०७ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन परिवारले आग्रह गरेको छ ।-खबरखेती

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।