टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सेनामा कार्यरत इलामका एकको मृत्यु
गोरखा । गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा हिजो टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा इलाम घर भएका २६ वर्षका सुरेन्द्र राई रहेका छन घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ।
उनीहरु दुबै जना गोरखास्थित नेपाली सेनाको रिपू मर्दन गणमा कार्यरत रहेका थिए।


