मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, भदौ ३० गते । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा स्थितबाट इटहरी उप-महानगरपालिका-१७ लबिपुरका २६ बर्षीय सायक राईलाई प्रतिबन्धित लागुऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका भारत जोगबनीका २४ बर्षीय बिक्की राय, १९ बर्षीय देउ राउत र विराटनगर-१ का २६ बर्षीय बिधान अधिकारीलाई २ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।