निजी क्षेत्रलाई अघि नलगाएसम्म उत्पादकत्व वृद्धि हुँदैन

काठमाडौं । नेपालको सरुवातकालीन कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्सः सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कुटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक ‘नेपाल स्पिक्स’को विमोचन गरे।

पुस्तकबारे टिप्पणी गर्दै पूर्वआयुक्त तथा राजदूत श्रेष्ठले लेखक प्रधानले ‘कुनै नेपाली भोको नहोस्, बेरोजगार नहोस्, र निरक्षर नहोस्’ भन्ने कथन साह्रै घतलाग्दो गरी पुस्तकमा प्रस्तुत गरेको बताए। ‘सबै नेपालीको पेट भर्ने, रोजगारी दिने र साक्षर बनाउने आधार के–के हुन सक्छन् भन्ने पनि पुस्तकमा बुँदासहित आएको छ,’ श्रेष्ठले भने। नेपालको कृषि क्षेत्रमा लेखक प्रधानको अतुलनीय योगदान रहेको बताउँदै श्रेष्ठले पुस्तक नयाँ नेपाल बनाउने एउटा आधार हुनसक्ने बताए।

पुस्तकमा नेपालको इतिहास, राजनीति, अर्थतन्त्र र कृषि क्षेत्रको संक्षिप्त चित्र प्रस्तुत भएको टिप्पणी गर्दै पत्रकार रमेश लम्सालले नेपालको व्यवहारिक विकास कसरी गर्ने भन्ने विषयमा पुस्तक एउटा मार्गचित्र भएको बताए। ‘कृषिको मात्रै होइन नेपालकै विकास कसरी गर्न सकिन्छ भन्ने प्रस्तावना पुस्तकमा छ,’ लम्सालले भने, ‘उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने विषयलाई पुस्तकमा मिहिन रूपमा केलाइएको छ।’

विकासको राष्ट्रिय प्राथमिकता के हुनुपर्छ, त्यसलाई कार्यान्वयन गर्ने तल्लो निकायमा के–के गर्नुपर्छ भन्ने सूची नै तथा माथ्लो तहका योजना आयोगजस्ता निकायले के कसरी काम गर्नुपर्छ भन्ने प्रस्तावना पनि किताबमा आएको उनले बताए। ‘निजी क्षेत्रलाई अघि नलगाएसम्म देशमा उत्पादकत्व वृद्धि हुँदैन भन्नेमा लेखकको विषेश जोड छ,’ उनले भने।

कृषि क्षेत्रको विकासमा शिवबहादुर नेपालीको उच्च योगदान रहेको चर्चा गर्दै कृषिविद् कृष्णकुमार पाँडेले जिल्लाको वस्तुस्थिति बुझेर व्यवहारिक निर्णय गर्ने र परिणाममुखी काम गर्ने अधिकृतका रूपमा उनलाई आफूले पाएको बताए। ‘नेपालमा कृषिमा साँच्चै नै क्रान्ति नै भएको छ र त्यो क्रान्ति उहाँहरुजस्ता विज्ञकै योगदानले सम्भव भएको हो,’ पाँडेले भने।

प्रधान परिआएको बेला, परिआएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने कर्मचारी रहेको बताउँदै टिप्पणीकर्ता महेश्वर आचार्यले नेपाललाई आवश्यक उनीजस्तो जनशक्ति धैरभन्दा धेरै चाहिने भए पनि कार्यकर्ता पोस्ने र विज्ञलाई पाखा लगाउने परिपाटीले प्रधानजस्तो मान्छे ओझेलमा परेको बताए। ‘विज्ञले नेताको मनस्थिति हरेर आफ्ना अनुकूलतामा बोल्ने परिपाटीमा उहाँजस्तो मान्छे एक्लो वृहस्पति सरह भएका छन्,’ आचार्यले बताए। 

प्रधानको यसअघि प्रकाशित ‘कृषिमा मेरो बाटो’ हरेक युवाहरुले पढ्नुपर्ने प्रेरणात्मक पुस्तक भएको र यो पुस्तक नीतिगत तहमा कार्यरत सबैलाई मार्गदर्शक भएको उनले बताए। निर्वाहमुखी कृषिलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेतर्फ प्रधानले सुरु गरेका योजना अझै पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

प्रधानले नेपालमा पहिलो पटक दाना बनाउने काम, च्याउ खेती सुरुवात गर्ने काम गरेका थिए। नेपालमा वर्षाको रेकर्ड राख्ने काम पनि उनैले कीर्तिपुर बागबानी कार्यालयबाट सुरु गरेका हुन्। पहिलो कृषि योजना पनि उनकै अगुवाइमा बनेको थियो। त्यस्तै, पश्चिम नेपालमा स्याउ खेती प्रवद्र्धनमा उनको ठूलो योगदान छ। ‘एक लाख बोट स्याउका बिरुवा भारतबाट ल्याएर पश्चिम नेपालको जुम्लामा पुर्‍याएको उनको अनभुव अझै पनि विकास क्षेत्रमा कार्यरतहरूका लागि एउटा केस स्टडी जस्तो छ,’ उनले भने, ‘हामी स्टार्टअप र दिगो विकासको कुरा गर्छौं। ककनीमा मुला खेतीलाई दिगो बनाउन उहाँले गर्नुभएको स्थानीय किसान र कृषि कार्यालयको सहकार्य अहिले पनि अनुकरणीय उदाहरण हो।’

‘उहाँ जगेडामा पर्नु भएपछि अवसर र समयको सदुपयोग गर्दै बेलायतको रिडिङ युनिभर्सिटी पढ्न जानुभएछ। उहाँले त्यहाँ विकास गर्नुभएको पहाडी विकासको अवधारण अहिले पनि उत्तिकै सान्दर्भिक छ। खासमा नेपालको कृषि विकासको अपरिहार्य मोडेल नै त्यही हो। त्यही अवधारणमा आखिरमा इसिमोड पनि स्थापित भएको छ। उहाँले जुन खाका नेपालजस्तो पहाडी मुलुकको विकासको आधार पहिचान गर्नुभएको थियो, इसिमोडको पनि त्यही उद्देश्य छ। यसले उहाँको दीर्घकालीन सोचको पुष्टि हुन्छ,’ आचार्यले भने।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।