मोरङको ग्रामथानबाट जुवा खेल्ने ९ जनाको समुह प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान-४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना भएको) जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैया सहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान-४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान-४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका-१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा-१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा-३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका- ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका-१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका-१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका-१ का ४५ बर्षीय महेश साह रहेका छन ।

प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।