विराटनगरबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ

मोरङ, असोज १ गते । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ ।

यसै गरी राती साढे ८ बजे सोही टोलीले बिराटनगर-१७ मण्डा पोखरी स्थितमा संकास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।