खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

संखुवासभा । जिल्लाको मकालु गाउँपालिका – ३ स्थित खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु- ३ सम्माटारमा प्रदेश १ –०२००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका– ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ, सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए।

ट्याक्टर खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारको भिरबाट तीन सय मिटर तल खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।