मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक ब्यक्ति झापाबाट पक्राउ
झापा । सशस्त्र प्रहरीले मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय दिपेन राई रहेका छन् ।
बुधबार बिहान साढे ९ बजेतिर मेची पुल काँकडभिट्टामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट परिचालन भएको जोजो नामको लागू औषधसम्बन्धी तालिमप्राप्त कुकुरसहितको टोलीले १० ग्राम ब्राउन सुगरसहित राईलाई नियन्त्रणमा लिएको हो।


