झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ९ जना पक्राउ

बिराटनगर, असोज ३ । झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २ गते साँझ सुनसरीको धरान-८ स्थितमा प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउनदै गरेको बा.५ ख ५८१० नम्बरको बसमा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामाडोल ८ हजार ९ सय ८० क्याप्सुल बरामद गरेको हो ।

त्यसैगरी बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ-३ का २३ बर्षीय सुरज लिम्बु, २६ बर्षीय किरण मगर, २३ बर्षीय टिकाराम पङगी मगर, २३ बर्षीय युगल मगर, ६४ बर्षीय मिलन मंगलसिंह लिम्बु र २२ बर्षीय समिर राईलाई नियन्त्रित औषधी ट्रामाडोल, promethazine, cyproheptadine र dycyclominehcl समेत १ हजार २ सय २० ट्याब्लेट र गाँजा ७४२ ग्राम सहित नियन्त्रणमा लिएको हो ।

सोही दिन झापाको इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति गाँउपालिका-३ की ४५ बर्षीया जैगुन खातुनलाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम-७ का २५ बर्षीय राम बहादुर लिम्बुलाई २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖