संखुवासभामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

संखुवासभा, असोज ३ । संखुवासभाको मकालु गाउँपालिका-३ स्थित खाँदबारी-किमाथांका सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक खाँदबारी नगरपालिका- ८ का १९ बर्षीय किरण श्रेष्ठ र सचालक १७ बर्षीय उदित श्रेष्ठ रहेका छन् ।

असोज २ गते बिहान प्रदेश नम्बर १-०२-००३ त १४३७ को ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा दुबैजनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।