धरानबाट लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, असोज १७ गते । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट निषेधित औषधी सहित २ जना र बर्जु गाउँपालिका-५ स्थितबाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६ गते दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुने स्थितमा चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउदै गरेको प्रदेश १-०१-००१ ख ४१९५ नम्बरको बसको सिटमुनी झोला भित्र निषेधित औषधी ट्रमाडोल ४ हजार ७ सय ५० क्यापसुल फेला परेको थियो । उक्त निषेधित औषधी बरामद भए संगै ओसार पसारमा संलग्न रहेका धरान-५ का २२ बर्षीय युवराज लिम्वु र १८ बर्षीय रोहित राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-५ स्थितबाट २५ किलोग्राम गाँजा सहित देवानगन्ज गाउँपालिका-१ का १८ बर्षीय ललन मेहतालाई पक्राउ गरेको छ भने दुहबी नगरपालिका-७ स्थितबाट १७ किलोग्राम गाँजा सहित को.२८प ५८३५ नम्वरको मोटरसाईकल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।