विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु पछि स्थिति तनावग्रस्त

मोरङ । मोरङमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । विराटनगर उपमहानगरपालिका वडा नं १८ आइसीपी रोडमा ना४ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री लवाघाटका ६० वर्षीय श्याम साहको ज्यान गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको बिराट नर्सिङ होममा चिकित्सकले चेकजाँच गर्ने क्रममा साँझ ७ः३० बजे मृत घोषणा गरेका थिए । सवार एक जनाको मृत्यु भएपछि विराटनगर-१८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।

ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएको छ । यसैबीच मृतक शाहका आफन्तजन र स्थानीय आन्दोलित भएका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्वाहीको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनले सवारी आवागमनमा अवरोध भएको छ । आन्दोनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेकाे छ । भिड नियन्त्रण गर्न प्रहरीले १० सेल अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।