७ वटा बालविकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बालविकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास मितिका संयोजक काजीबहादुर बस्नेत,वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरूको उपस्थितिमा भएको पूर्ण बैठकले विराटनगर–१ स्थित सिर्जना बालविकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बालविकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदारवरी बालविकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालय, विराटनगर–१९ स्थित दलित वस्ती बालविकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बाल विकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर–१२ स्थित बखरी बाल विकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बाल विकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखाल सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि १९ नम्बर वडाको दार बाबा बाल विकास केन्द्रलाई श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, ६ नम्बर वडाको नेपाल बालबालिका उत्थान बालविकास केन्द्रलाई शंकरपुर आधारभूत विद्यालय, ४ नम्बर वडाको सप्तकोशी बाल विकास केन्द्रलाई श्री मावि कञ्चनबारी र ६ नम्बर वडाको महिला तथा बाल विकास उत्थान केन्द्रलाई शहीद आधारभूत विद्यालयमा समायोजन गरिएको ढुंगेलले बताउनुभयो ।

महानगरले बनाएको अनुगमन टोली बालविकास केन्द्रहरूको निरीक्षण गरेको थियो । अनुगमन टोलीको प्रतिवेदनका आधारमा महानगरले बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरेको हो । यसबाट विद्यार्थीको पठनपाठनको गुणस्तरमा वृद्धि, खेल सामग्री प्राप्त गर्नुका साथै दिवा खाजा उपलब्ध गराउन पनि सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा देखिँदै आएको दरबन्दी अभावलाई पनि समायोजनले केही हदसम्म पूर्ति गर्नेछ । त्यस्तै बैठकले १९ नम्बर वडामा सञ्चालित चेतना बालविकास केन्द्र र सूर्य बालविकास केन्द्रलाई समुदायमै रहन दिने निर्णय गरेको छ ।

महानगरले शिक्षासेवी रमानाथ भट्टराईको संयोजकत्वमा टोली गठन गरेर सामुदायिक विद्यालयहरूको छड्के अनुगमनलाई पनि तीव्रता दिएको छ । त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सबै प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौतासमेत गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।