धरानबाट जुवातास खेल्ने ४ जनाको समुह पक्राउ

सुनसरी, असोज १९ गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट जुवा खेल्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिंदै गरेको चाडपर्वलाई सुरक्षित बनाउने उद्धेश्य अनुरुप इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट असोज १८ गते बिहान परिचालन भएको टोलीले धरान-१५ स्थित दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा १३ बुक तास र नगद ४९ हजार ३ सय १५ रुपैया समेत धरान-१५ का ३२ बर्षीय डम्मर भन्ने विकास गोतामे, ३५ बर्षीय ज्ञान बहादुर राई, धरान-१८ का ३२ बर्षीय किसन घिमिरे र भोजपुर पौवादुम्बा गाउँपालिका-१ का ४४ बर्षीय श्री राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।