पाँचथरमा खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा दुई महिला मृत फेला

पाँचथर । खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा पाँचथरमा शनिबार बिहान २ जना महिला मृत फेला परेका छन् । प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–३ तमोर नदीको बरुम्जे दोभानमा १ जनाको शव भेटिएको हो ।

नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएकी महिलाको पहिचान खुलेको छैन । पहिचानको प्रयास भइरहेको र बाढी एवं पहिरोबाट बेपत्ता भएकाका परिवारलाई खबर गरिसकिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, फिदिम नगरपालिका–१२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा १ महिलाको शव भेटिएको छ । फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) मृत फेला परेको प्रहरीले जनाएको छ । उनी माइती जान्छु भनेर असोज १२ गते घरबाट हिँडेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् ।

माइती नपुगेपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।