विराटनगरको सेन्टर मलमा दशैं–तिहारको महा उत्सव: ६०% सम्मको विशेष छुट र आकर्षक गिफ्ट ह्याम्पर

विराटनगर । विराटनगरको सेन्टर मलले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष छुट योजना प्रस्तुत गरेको छ। ‘अब जानु पर्दैन पारी, विराटनगरमै छ छुट भारी’ भन्ने आकर्षक नाराका साथ, मलले ६० प्रतिशतसम्मको छुट प्रदान गर्दै महा उत्सवको सुरुवात गरेको हो। सेन्टर मलका सीईओ विशाल न्यौपानेका अनुसार, यो छुट योजना चाडपर्वको अवधिभर लागू हुनेछ, जसले सीमावर्ती बजार जोगवनीसँग प्रतिस्पर्धी मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ।

उहाँले थप स्पष्ट गर्दै भने, सेन्टर मलमा अहिले चिनीको प्रति किलो मूल्य ७० रुपैयाँ रहेको छ, जसले जोगवनी बजारको मूल्यसँग समानता राख्छ। साथै, ५,००० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा ग्राहकले सेन्ट्रल मल्टीप्लेक्समा एउटा सिनेमाको टिकट र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

विशेषत: श्रृंगार र कस्मेटिक सामाग्रीमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। चर्चित पेटीकिलिकका उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध छ भने, श्रृंगारको डेजिनेल आर्टमा २५ प्रतिशत, निलडेविटमा ३० प्रतिशत, गोलस्टार सुजमा २० प्रतिशत र ब्लाक हर्स सुजमा ५ प्रतिशत छुट दिइएको छ। यसबाहेक, विभिन्न गिफ्ट ह्याम्परहरू पनि ग्राहकलाई प्रदान गरिनेछ।

साथै, फुटकोर्टमा र बालबालिकाका खेल सामग्रीमा पनि आकर्षक स्किमहरू रहेका छन्। “यो महा उत्सव योजना ग्राहकलाई विशेष अनुभव दिने उद्देश्यले ल्याइएको हो,” न्यौपानेले भने, “यस वर्ष पनि सेन्टर मलले जोगवनीभन्दा सस्तो मूल्यमा खाद्य सामग्रीहरू प्रदान गर्दै आएको छ।”

सेन्टर मलले प्रत्येक वर्ष चाडपर्वको अवसरमा महा उत्सव योजना ल्याएर स्थानीय ग्राहकलाई छुट र सेवा सुविधा प्रदान गर्दै आएको छ, र यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।