जेठ १५ गतेदेखि हराएका झापाका राजेशको शव सडेको अवस्थामा फेला

झापा । गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका ५ फूलबारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ । स्थानीय विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार हजामको शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा फेला परेको थियो ।

साविक डाँगीवारी ३ स्थित ‘लाफादी’ घाटको पश्चिमतर्फ खोला किनारमा अन्दाजी ५ फिट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार पानी बग्ने भागभन्दा ५-७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा हजामको शव फेला परेको हो । शुक्रबार विरिङ खोलाको दुई ठाउँमा उत्खनन् गरिएको थियो । तर, शव फेला परेको थिएन । यसअघि बाह्रदशी ६ स्थित एक घरमा उत्खनन् गरिएको थियो । हजामलाई हत्या गरेर घरको बरण्डामा गाडिएको आशंकामा उत्खनन् गर्दा हत्यामा प्रयोग गरिएको सामग्री प्रहरीले बरामद गरेको थियो ।

उत्खनन्का क्रममा नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक बरामद भएको थियो । प्रहरीले यसअघि घटनामा संलग्न भएको आशंकामा बाह्रदशी ७ निवासी ३१ वर्षीय समिर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीले आइतबार पुनः विरिङ खोलामा दुई वटा जेसीवी लगाएर उत्खनन् गरेको थियो । पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समिर राजवंशी जेठाजु हुन् ।

गत जेठ १५ गते बाह्रदशी ५ निवासी भीम हजामको छोरा हराएको जेठ १७ गते प्रहरीमा खोजी कार्यका लागि भन्दै खोजपत्र परेको थियो । प्रहरीले गरेको अनुसन्धानका क्रममा हजामको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।