बेलबारीमा यसरी ठोक्कियो कार र मोटरसाइकल,प्रहरी जवानको मृत्यु

मोरङ । मोरङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा आइतबार साँझ नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक साँझ ६ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको जोशीले बताए । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरी जवान राई मोटरसाइकल चालक हुन् ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किएको देखिन्छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी जोशीले बताए ।दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।-सुन्दरहरैंचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।