विराटनगर महानगरद्वारा मासु पसलको अनुगमन

विराटगगर । विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको छ ।

दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायी माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेका कारण महानगरले अनुगमन सुरु गरेको हो । अनुगमन टोलीले महानगर क्षेत्रभित्र सञ्चालित सबै माछा–मासु पसलको अनुगमन गर्ने जनाएको छ ।

महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतमा उपस्थितिमा अनुगमन गरिएको थियो । टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायत हेरेको थियो ।

अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकाविपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ । यदि सात दिनभित्र सुधार नभए ती पसललाई कारबाही गरिने यादवले बताउनुभयो ।

अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रुपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता भएको यादवले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।