झापामा हत्या आरोपमा एक नाबालक सहित तीन जना पक्राउ
झापा । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् ।
१५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फूलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।-सुन्दरहरैचा अपडेटबाट


