भोजपुर हतुवागढीका २६ वर्षीय बुद्धिमान तामाङको सिन्धुली बस दुर्घटनामा मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो । बुद्धिमानको साथमा भएको एटिएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा पहिचान भए पनि अर्का मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएको थियो । दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका थिए । २८ जना भने उपचार भएपछि घर फर्किएका छन् ।

बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । घोपा अस्पतालमा १२ जना, जानकी हेल्थ केयरमा ४ जना र कपिलाकोट स्वास्थ्य चौकीमा १ जनाको उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।