मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, असोज २२ गते ।मोरङको रंगेली नगरपालिका-१ पोखरी टोल स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

असोज २२ गते दिउँसो साढे १२ बजे कर्सियाबाट सखरदिना तर्फ जादै गरेको प्र १-०४-००१ त १००४ नम्वरको ट्याकटरले सोहि दिशा तर्फ जादै गरेको को. ६ प ६५४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रित भई पैदल यात्री धनपालथान गाउँपालिका-६ का ४५ बर्षीय सिटुरु ऋषिदेवलाइ समेत ठक्कर दिएकोमा मोटरसाईकल चालक धनपालथान-१ का ४६ बर्षीय राम बहादुर माझी र मोटरसाईकल पछाडि सवार उनको श्रीमती ३६ बर्षीया मंगली चौधरी समेत तीनै जना घाईते भई उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा राम बहादुर माझीको मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक धनपालथान-४ का २० बर्षीय रबिन मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖