विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी

विराटगगर । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ ।

विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा–मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइएको हो । पछिल्ला केही दिनयता महानगरले माछा–मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायीले माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेकाले अनुगमनलाई तीव्रता दिइएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले जानकारी दिए । उनका अनुसार निर्देशिकाविपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ । यदि सात दिनभित्र सुधार नभए ती पसललाई कारबाही गरिने यादवले बताए ।

महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, डा. सुहाना सुवेदी, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतको सहभागितामा गरिएको अनुगमनमा कतिपय व्यवसायी अनुगमन टोली पुग्ुनु अघि बित्तिकै पसल बन्द गरेर हिंडेका थिए ।

महानगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । महानगरले बिजुली अफिस, बरगाछी, कञ्चनबारी, दुर्गाचोक, बसपार्क, जनपथटोललगायतका पसलहरुको अनुगमन गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।