सुनसरी र झापाबाट लागुऔषध सहित १० जना पक्राउ
विराटनगर, असोज २४ गते । सुनसरी र झापा लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई र २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका- १५ परिवर्तित मार्ग स्थितबाट धरान उपमहानगरपालिका- १५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका- ९का ३२ बर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


