बिधिवत रुपमा मौलो पुजा सम्पन्न
बिराटनगर, असोज २५ गते । कोशी प्रदेश प्रहरी गण विराटनगर परिसरमा रहेको मौलोमा बिधिवत रुपमा मौलो पूजा सम्पन्न भएको छ ।
असोज २५ गते बिहान शुभ साईतमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले मौलोमा बिधिवतरुपमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नु भएको छ ।
शुभ साईतमा भएको पूजा अर्चना कार्यक्रममा प्रहरी उपरीक्षकहरु लगायत सिनियर तथा जुनियर अधिकृतहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि नेपाल प्रहरीले परम्परागत रुपमा मौलो पूजा गर्दै आईरहेको छ ।


