झापा दुर्घटना : मृतकको संख्या पुग्यो दुई
झापा । झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।
हिजो राति दुर्घटना हुँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का चालकको पनि मृत्यु भएको हो।
दिउँसो ३ः५५ बजे मे. ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक, भद्रपुर–८ निवासी २५ वर्षीय सञ्जीव गिरीको पनि निधन भएको छ।


