झापामा मोटरसाइकल दुर्घटनाका घाईते सञ्जिव गिरीको पनि निधन
झापा । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनाका घाईते सञ्जिव गिरीको पनि निधन भएको छ ।
घाइते २४ वर्षिय गिरीको विएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।
दुर्घटनामा यस अघि २४ वर्षिय आलोक भण्डारीको घटना स्थलमै निधन भएको थियो ।


