झापाका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिकेको निधन

झापा । झापा बिर्तामोडका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिके (धनकुमार गुरुङ)को आज बिहान निधन भएको छ ।

बिर्तामोड-१ निवासी गुरुङको ६५ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । पूर्व भारतीय सेना उनी प्रेसर , सुगरलगायतका समस्याबाट पीडित थिए । उनी भूपू सैनिक संघका पूर्व अध्यक्ष हुन् ।

यसैगरी, उनी सुकृति स्पार्टिङ क्लब तथा बिर्तामोड फुटबल क्लबका अध्यक्ष हुन् । यसैगरी, तमु ह्युल छाेंज धिं गुरुङ समाज बिर्तामोड नगरका संस्थापक अध्यक्ष पनि हुन् । डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन् ।

साविक रानीटार २, हाल फिदिम ७ मा २०१६ भदाै २४ गते जन्मिएका गुरूङका एक श्रीमती र छाेरा रहेका छन् । युकेमा रहेका छाेरा फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖