झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा, असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनाबाट स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साइकल यात्री सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।-झापाटुडेबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।